प्रवास

एनआरएन अमेरिकाको नेतृत्व गर्न गौरी जोशीले बनाए यस्तो टीम

न्यूयोर्क, अमेरिका । एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिएको अध्यक्षका प्रत्यासी गौरी जोशी र उनको समूहका उम्मेद्वारहरु प्रचार–प्रसारमा अब विभिन्न क्षेत्रमा पुग्ने भएका छन् । उम्मेदवारी मनोनयन पछि निर्वाचन पूर्वको बाँकी सप्ताहान्त यो समूह उत्तर अमेरिकाको पूर्व(पश्चिम,उत्तर(दक्षिण सबैतिर पुग्ने र सदस्यहरुसंग प्रत्यक्ष भेटघाट एवं अन्तरक्रिया गर्ने तयारीमा जुटेको छ ।

“यसका लागि हामीले आन्तरिक तयारी सबै पुरा गरेका छौं, हाम्रो प्रचारलाई व्यापक बनाउदै हामी सामुहिक रुपमा सदस्यहरुका माझ पुग्नेछौ” अध्यक्षका प्रत्यासी गौरी जोशीले संक्षिप्त टेलिफोन संवादमा भने । यसको सुरुवात आगामी शुक्रवार कोलोराडोबाट हुँदैछ्र अध्यक्षका प्रत्यासी जोशी र अन्य उम्मेद्वारहरु शुक्रवार कोलोराडोमा हुने जोशी टीमसंगको परिचय र भेटघाटमा पुग्नेछन् त्यसको भोलिपल्ट शनिवार यो टोली न्यूयोर्क आइपुग्नेछ शनिवार दिउँसो न्यूयोर्कमा अध्यक्षका प्रत्यासी र उनको समूहका अन्य उम्मेदवार ज्याक्सन हाइट्समा हुने कार्यक्रममा सदस्यहरुका माझ आफ्नो साझा एजेन्डासहित पुग्दैछन् न्यूयोर्कपछि आइतवार बिहान यो टोली न्यूजर्सी, दिउँसो बाल्टिमोर र सम्भव भएसम्म सोही साँझ भर्जिनियासमेत पुगेर सदस्यहरुसंग अन्तरक्रिया गर्नेछ । उत्तर पूर्वी क्षेत्रको सम्पूर्ण तयारी सकिएको छ,हामी न्यूयोर्क, न्यूजर्सी, बाल्टिमोर र भर्जिनियामा जुलाई २२ र २३ को सप्ताहान्तमा अध्यक्षकै नेतृत्वमा सदस्यहरुका माझ पुग्दैछौं र हामी यस क्षेत्रका सम्पूर्ण सदस्य एवम हाम्रा शुभेच्छुकहरुलाई यो प्रचार अभियानको क्रममा हुन लागेको कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछौुं गौरी जोशी समूहका बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार संजय थापाले भने ‘ थापाले नै यस क्षेत्रको कार्यक्रम संयोजन गर्दैछन्’  जोशी नेतृत्वको यो टोली जुलाई २८ मा न्यू ह्याम्शायर,जुलाई २९ मा बिहान बोष्टन र साँझ कनेक्टिकटमा पुग्नेछ ।

उत्तर पूर्वी क्षेत्रपछि यो टोली यस क्षेत्रकै अन्य शहरमा समेत पुग्ने प्रयासमा छ । जोशी टीम अगष्ट ५ तारिख लस एञ्जलस र अगष्ट ६ तारिख सन् फ्रान्सिस्को पुग्नेछ । लस एञ्जलसको कार्यक्रम संयोजन उपाध्यक्षकी प्रत्यासी उमा थापाले गर्दै छिन् भने सन् फ्रान्सिस्कोको कार्यक्रम महासचिवका उम्मेदवार एवं हाल क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँले संयोजन गर्दैछन् । यसैगरी यो टोली कोलोराडो, शिकागो र टेक्सासमा समेत कार्यक्रम गर्ने तयारीमा छ ।

जोशीले केहि दिनन अगाडीमात्र यसरी आफ्नो उमेर्द्वारी घोषणा गरेका थिए ।

जुन २७, २०१७
आदरणिय एनआरएन साथीहरु नमस्कार,
“सबैभन्दा पहिला त एनआरएन अमेरिकाको आगामी भबिश्य सुधार गर्दै बलियो र उदाहरणिय एनआरएन अमेरिका बनाउनका लागि यंहाहरुले देखाउनुभएको चासो र हाम्रो अभियानप्रती देखाउनुभएकोे हौसलाको उच्च सम्मान गर्न चाहान्छु ।
अग्रज तथा सहयात्री साथीहरु, यंहाहरु सबैलाई अवगत नै छ, हामी यतिबेला एनआरएन अमेरिकालाई यस भद्रगोल अवस्थालाई ब्यापक सुधार गर्दै नयां यात्रामा लैजानका लागि निर्बाचनको ब्यग्र प्रतिक्षामा छौं । यतिबेलासम्म निर्बाचन सम्पन्न भई नयां कार्यसमितिले काम थालिसक्नु पर्ने बेला भईसकेको थियो तर पनि बर्तमान समितिकै कमोजोरी र निर्बाचनमा जान गरेको ढिला सुस्तीका कारण हामी आजसम्म पनि निर्बाचनको मितिकै प्रतिक्षामा रहनु परेको छ ।
यंहाहरुको साथ र हौसलाका साथ मैले तपाई हामी सबैको साझा र बलियो एनआरएन अमेरिका बनाउने अभियानको नेतृत्व गर्न अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको कुरा त सर्बबिदित नै छ । म अहिले अमेरिकाको बिभिन्न राज्यमा रहनुभएका एनआरएन साथीहरुसंग भेटघाट र छलफलका क्रममा हिडिरंहदा यंहाहरुले म प्रतिन देखाएको माया र साथले थप उत्साहित बनाएको छ ।
साथीहरु, यतिबेला निर्बाचन नजिक आईरहेको बेला र हामीले निर्बाचन जित्ने निश्चित भएको बेला केहि नियोजीत रुपमा शुरु गरिएका अनलाईन मार्फत सामाजिक सञ्जालमा मेरो ब्यक्तीगत जिवन र सामाजिक यात्रा प्रति भ्रम पैदा गर्ने खालका बिभिन्न समाचारहरु प्रकाशन गर्न खोजेको देख्दा मेरो ध्यानआर्कषण भएको छ । हामी अमेरिका जस्तो प्रजातान्त्रीक मुलकमा छौं र प्रजातन्त्रको अभ्यास निर्बाचनमा जान डराउदै अरुप्रती भ्रम पैदा गर्न खोज्नु असफल प्रयासमात्र हुने कुरा पनि म सम्बन्धीत पक्षलाई सचेत गराउंछु । हामी स्वच्छ प्रतिष्प्रधा र निर्बाचनमा जान तयार रहेको जानकारी गराउंदै अरुलाई पनि स्वच्छ प्रतिष्पर्धामा उत्रन आब्हान गर्दछु । पत्रकारिता सम्मानित पेशा हो, अमेरिकाको नेपाली समुदायमा पत्रकारहरुले धेरै राम्रो खेल्नु भएको कुरा हामी सबैलाई थाहै छ तर केहि नामै नसुनिएका र पित पत्रकारिता मार्फत मेरो ब्यक्तीगत जिवनमा लगाउन खोजेको आक्षेपको भने म निन्दा गर्दछु ।
अन्त्यमा, अमेरिकामा रहनुभएका सम्पुर्ण एनआरएन साथीहरु यंहाहरुसबैलाई एनआरएन अमेरिका सुधारको हाम्रो यस अभियानमा यंहाहरु सबैको थप खबरदारी र साथको अपेक्षा समेत गर्दछु । “
धन्यबाद
गौरी जोशी
एनआरएन अमेरिकाको अध्यक्षका उम्मेदवार
टेक्सास, अमेरिका

टिम