प्रवास

मलेशियामा नेपाली गार्डले देखाए गोर्खालीको तागत

क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डको काम गर्दै आएको नेपालीले गरेको कार्यले अहिले दुनियामा तहल्का मच्चि रहेको छ । सुवाङजया स्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्ने नेपाली माथि एक मार्सल आर्ट लडाकुुले आक्रमण गरे पछि उनिहरु बिच भिडन्त भएको भिडियो दुनियाभर भाईरल भई रहेको छ ।

यो भिडियो अहिले सम्म ७० लाख भन्दा बढिले हेरीसकेका छन् र करिब ६५ हजार जनाले शियर गरि सकेका छन् । यो भिडियो सुरुमा डिस्कभर सुवाङजया नामको फेसबुक पेजबाट सार्वजनिक गरिएको हो । भिडियोमा एक बलवान यूवा अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन र नेपाली सुरक्षा गार्डले रोकेर सोधपुछ गर्दा, ति बलवान यूवाले गार्ड माथि मुक्का प्रहार गर्दछन् ।

त्यो लगतै उनले प्रतिबाद गर्छन् । ड्यूटीमा सँगै रहेका उनका नेपाली सुरक्षागार्ड साथिहरु पनि उनको सहयोगमा आइ पुग्छन् । त्यसपछि, नेपाली सुरक्षागार्डहरुले त्यस मार्सल आर्ट लडाकुलाई कब्जामा लियर हात बाँधिदिन्छन् ।

यो सब देखेर मलेशियाली नागरिकहरुले सामाजिक संञ्जाल मार्फत नेपाली सुरक्षागार्ड हरुको राम्रो प्रशंसा गरेका छन् । गार्डहरुको नियन्त्रणमा भएको मार्सल आर्ट लडाकुले आफुले गल्ति गरेको ब्यक्त गर्दै माफी मागेका छन् ।