राजनीति

भानु भए प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव, सचिवालयमा बुधबार थप नियुक्ती हुने

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रीपरिसद विस्तार हुनुअघि आफ्नो सचिवालयमा प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् ।

प्रेश संयोजकमा गोबिन्द परिवार, परराष्ट्र सल्लाहाकारमा दिनेश भट्टराईलाई केहिदिन अघि नियुक्त गरेका थिए । मंगलबार नै केशव जोशी, बिरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गरेका प्रधानमन्त्री देउवाले केहि बर्षअघि देखि नै सहयोगीको रुपमा काम गरिरहेका भानु देउवालाई अपान्ह प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

उनको नियुक्तीसंगै प्रधानमन्त्रीको सचिवालयमा पाँच जना नियुक्ती भएको प्रधानमन्त्री कार्यालय स्रोतको दावी छ ।

प्रधानमनत्री देउवाले सहयोगी, प्रेश संयोजक नियुक्त गरेपनि उक्त कार्यालयमा प्रेश सल्लाहाकार, प्रशासनिक सल्लाहाकार लगायत दर्जनभन्दा बढी महत्वपूर्ण पदहरु नियुक्त गर्न बाँकी छ ।