समाचार

तपाई के खाजा खानुहुन्छ ? केटीहरु भन्छन्, “चट्पटे/पानीपुरी बाहेक कुनैपनि खाजा देख्दैनौ”

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा खाजा, नास्ता, खाना, पेय पदार्थ, फलफूल आदी व्यवसायबाट राम्रो आम्दानी हुने व्यवसायीहरुको भनाइ छ । यहाँका रेष्टुरेन्ट, होटल, खाजाघर, क्यान्टीन देखी लिएर ठेला व्यवसायबाट समेत वयावशाय संचालन गरी जिबिकोपार्जन गर्नेहरुको कमी छैन ।

मःमः, चाउमिन, समोसा, सेल, आलु परौठा, चना चिउरा, भूटन चिउरा, खीर, चाउचाउ, सेण्डविच, पीजा, बर्गर, स्प्रिङरोल, मासु चिउरा लगायतका खाजा सामान्य पसलहरुदेखि ठूला ठूला होटलहरुसम्ममा पाईन्छ ।

यसै बिषयमा सुर्यखबर डट्कम्का प्रतिनिधि कृष्ण आचार्य र सागर कट्वालले काठमाण्डौमा उक्त ब्यावशाय गरेर बस्नुभएका ब्यावशायीहरु तथा खाजाका पारखीहरुसंग कुराकानी गरेर एउटा सानो रिपोर्ट तयार पारेको छ ।

कुराकानीमा सबै खाजाहरु मध्ये बफ मःम र चाउमिन सबै भन्दा बढि बिक्री हुने व्यावशायीहरु बताउछन् । त्यसैले नै होला मःम र चाउमिन साना–साना खाजा घर, ठेला देखी लिएर ठुला–ठुला फार्एभ स्टार होटल तथा रेष्टुरेन्टमा समेत पाइने गर्दछ । भन्छन् नेपालीले जति नै नियालेर मेनु पल्टाइ–पल्टाइ हेरे पनि अन्त्यमा मगाउने मःम, चाउमिन नै हो । अहिलेको गर्मीले गर्दा चटपटे तथा पानिपूरीले पनि राम्रो बजार लिएको छ । गर्मीमा सबैलाई, विषेश गरी भर्खरका यूवतिहरुलाई चटपटे, पानिपूरी असाध्यै मनपर्ने गरेकोले ठेला तथा हाते पसलेहरुले राम्रो व्यपार गर्ने गरेका छन् ।

ठेलाले कहिले काही दैनिक रुपमा होटल तथा रेष्टुरेन्ट बराबरको ब्यपार गर्ने गरेको सुन्नमा आएको छ । घर भाडा, सरकारी कर तथा अन्य खर्चहरु नगर्नुपर्ने कारणले र सानो लगानीमा व्यवसाय सुरु गर्न सकिने कारणले यो व्यवसायको राम्रो आम्दानी छ । गर्मीले गर्दा फलफूल पनि असाध्यै बिक्ने गरेको छ । दिनमा १० हजार सम्मको नाफा आउने पसलेको नयां बानेश्वरमा फलफल पसल राखेको व्यावशायी संजीत खड्काको भनाइ छ ।

काठमाण्डौ नेपालको राजधानी र संसारका मानिसहरुको भीड लाग्ने शहर हो । बिद्यार्थि, वकील, प्राध्यापक, उद्योगी, ब्यापारी, पेशाकर्मी, शिक्षक, डाक्टर ईन्जीनियरमात्र नभएर कर्पोरेट हाउस र प्राईभेट ब्यावशायमा काम गर्ने कर्मचारीहरुले दिउसोको समयमा खाजा नखाई नहुने हुनाले आफ्नो रुची अनुसार खाजा खान्छन् ।

राम्रो आम्दानी हुनेहरुले राम्रा रेस्टुरेण्टमा खाजा खाएपनि धेरैजसो मध्यम बर्गीयको बसोबास भएको काठमाण्डौमा एकदा थोरै रकमले सस्तो, स्वस्थ्य र अघाउने खाजा खोज्ने गरेका छन् ।

सरकारी कर्मचारीले चिकेन मःम, भूटन चिउरा, आलु चना चिउरा, खीर चाउमिन लगायतका सामान्य खाजा आफ्नै कार्यालयमा भएको क्यान्टिनमा खाने गरेको बताउछन् भने विद्यार्थि र शिक्षक पनि आफ्नै स्कुल तथा कलेजमा भएको क्यान्टिनमा खाजा खान्छन् ।
केटिह भने साँझपख पानीपुरी र चटपटे खाने ठेला अगाडी भीड लागेको देखिन्थ्यो, त्यस भीडमा हामीले रजनी श्रेष्ठ भन्ने १८ । २० बर्षकी केटीलाई सोध्दा उनले पानीपुरी र चट्पटे आफूलाई साह्रै मन पर्ने बताईन् ।

अनि मःम र मध्यम खाल्को मात्र होईन अन्नपूर्ण होटलमा हामीले सोध्दा जता मेनु पल्टाएपनि मःम र चाउमिन बाहेक खाजा नभेटिने उनीहरुले बताए । मध्यम बर्गदेखि आर्थिक रुपमा माथिल्ले र तल्लो बर्ग सम्म मःम र चाउमिन ज्यादै लोकप्रीय भएको छ । विद्याथिीहरुले पनि बढी बफ मःम मन पराएको बताए । केटीहरुले बढी आफूहरु भेज मःममा आकर्शित हुने रुची देखाए भने कर्मचारी लागयतका पेशाकर्मी मःम चाउमिन खाँदा भेज वा चिकनमा ध्यान जाने तर्क प्रश्तुत गरेका छन् ।

सरसफाईको बारेमा कुरा गर्दा बाहिर खाजा वा खाना खाँदा विश्वास गरिहाल्न नसकिने भएपनि आफूले अलि राम्रो ठांउलाई रेगुलर बनाउनुपर्ने उनिहरुको विचार छ । मःम प्रति प्लेट ५० रुपैंयादेखि ७०० रुपैंयासम्मको भेटियो । ठूला होटलहरुमा करसहित तिनुपर्ने हुंदा महंगो पर्ने भेटियो । चाउमिनको रेट मःम भन्दा केहि सस्तो छ । मःम र चाउमिन दुबै चाईनिज खाजा हुन् ।

सबैले खाजा खानैपर्ने बाध्यता भएपछि सामान्य खाजा बेचेर पनि राम्रो आम्दानी गरेको ब्यावशायीहरुको तर्क छ । पसल घरैपिच्छे भएकोले उपभोक्तालाई समेत छानि छानि खाजा खाने ठाँउ भएको देख्न सकिन्छ । काठमाण्डौमा धुलो, धुंवाँ र फोहोरले भने खाजालाई त्यती खान योग्य बनाउन नसकेको देखिएकाले डाक्टरहरुले खाना तताएरमात्र खान सर्बसाधारणलाई बेला बेला आग्रह गर्ने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले समेत बेला बेला सूचना निकाल्ने गरेको छ ।