अन्तर्राष्ट्रिय

दुई वर्षपछि दक्षिण कोरियाले राख्यो उत्तर कोरियासँग यस्तो नयाँ प्रस्ताव

एजेन्सी । दक्षिण कोरियाले दुई वर्ष यता पहिलो पटक उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेको छ। झण्डै पन्ध्र दिन अघि प्योङ्याङले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको विवरणमाझ पछिल्लो प्रस्ताव आएको हो।

गएको मे महिनामा दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मून जेइ इनले अलि उदार शासन अघि बढाउन खोजेका छन् र एकदमै खतरनाकु भनिएको सीमा वारपारको तनाव कम गर्न आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्तामा बस्ने इच्छा रहेको संकेत दिएका छन्।

सीमा क्षेत्रमा देखिएका सबै खालका दुश्मनी अन्त्य गर्ने वाचा गरेका राष्ट्रपति मूनले त्यसै अनुसार सैनिक तहमा वार्ताका लागि उत्तरलाई प्रस्ताव गर्न लागेको ठानिएको छ।