आर्थिक

एनआईसी एसिया बैंकले पायो गुणस्तरीयताको प्रमाणपत्र

काठमाण्डौ । एनआईसी एशिया बैंकले उत्कृष्ट गुणस्तरीय रेटिगं प्राप्त गरेको छ । बंकले ईक्रा नेपाल बाट उक्त रेटिगं प्राप्त गरेको होे ।

देशभर गरेर ११९ वटा साखा, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७० वटा एटिएमहरु संचालन गर्न सफल भएको एनआईसी बैंकले १९ बर्षको पुरानो अनुभब, पुँजी पर्याप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बजार हिस्सालाई मध्य नजर गरेर एनआइसी बैंकले उक्त रेटिगं पाएको बताईएको छ ।

उक्त रेटिगं पाएपछि कर्जा जोखिम औषत तथा पर्याप्त कर्जा गुणस्तर राम्रो भएको मानिने चलन छ । केहि समय अगाडीमात्र एनर्आसी र बैंक अफ एसीया मर्जभएर बनेको एनआइसी एसिया बैंकले पछिल्लो समयमा जनतामा राम्रो छबि बनाउन सफल भएको देखिन्छ ।