आर्थिक

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ ।

आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ । बजार दोहोरो अङ्कले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २०।५८ बिन्दुले बजार बढेको छ ।

कुल १५४ कम्पनीको २० लाख १२ हजार ४१५ कित्ता शेयर रु ६९ करोड ४३ लाख ६९ हजार ४३५ मा कारोबार भएको छ । आइतबारभन्दा रु एक करोडमात्रै बढी कारोबार भएको स्टकले जनाएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४।४ बिन्दुले बढेको छ । आज सबै उपसूचकहरुमा समेत हरियाली छाएको छ । बैंकिङ २१।८३, होटल २६।३९, विकास बैँक २९।५७, जलविद्युत् ९।१८, वित्त क्षेत्र ५।२३, बीमा ९५।३५, उत्पादन समूह २७।०४ र अन्य समूह १।१६ बिन्दुले बढेको छ ।

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर र किसान माइक्रो फाइनान्सको शेयरमूल्यसमेत बढेको स्टकले जनाएको छ ।