राजनीति

प्रधानमन्त्री देउवा राजनीतिक रुपमा अर्थपूर्णहुनेगरी यसरी गर्दैछन् दिल्ली भ्रमण

काठमाण्डौ । चौथो पटक प्रधानमन्त्री भएपछि शेरवहादुर देउवाले आफ्नो पहिलो विदेश भ्रमण भारतवाट सुरु गर्दै छन् । प्रधानमन्त्री देउवाको भ्रमणको तयारी समेत अहिले तिव्र रुपमा अघि वढेको छ । विगतका प्रधानमन्त्रीहरु जस्तै देउवाले पनि आफ्नो विदेश भ्रमण छिमेकी राष्ट्र भातवाट नै सुरु गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्रीको भ्रमणको टुंगो लगाउन उपप्रधान एवं परराष्ट्रमन्त्री महरा तीनदिने भारत भ्रमणमा गएका थिए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमण र दुईपक्षीय आयोजना तथा सहकार्यका विषयमा भारतीय समकक्षी सुस्मा स्वराजसंग भेटवार्ता गरेका थिए । महारा फर्कीएको दुईसातामै प्रधानमन्त्री भ्रमणमा जाने लगभग तय भएपनी भारतमा राष्ट्रपतीय निर्वाचनको चटारोले भ्रमणमा केही बिलम्व देखिएको हो । भारतमा आज राष्ट्रपतीय निर्वाचन हदै छ भने साउन ५ अर्थात २० जुलाईमा नतिजा सार्वजनीक हुने छ । भारतले नयाँ राष्ट्रपती पाएसंगै देउवा दिल्ली प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भएकाले पनि यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा के कस्ता एजेण्डा अगाडी लैजाने भन्ने विषय र भ्रमणको मिति बारेमा पनि अहिले आन्तरिक छलफल भईरहेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमा निर्वाचत भएलगत्तै शुभकामना सहित सफल कार्यकालको शुभकामना दिएका भारतीय प्रधानमन्त्री मोदीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी लिएका छन् भन्ने आम जनमानसको चासो समेत रेहेका वेला देउवा दिल्ली जाने तरखरमा छन्, उक्त भ्रमणलाई राजनीतिकबृतमा अर्थपूर्णरुपमा हेरिएको छ । देउवाको दिल्ली भ्रमण अन्य प्रधानमन्त्रीको जस्तै नियमित दिल्ली दर्शन भेट मात्रै हुने हो या कुनै महत्वपुर्ण कार्य हुने हो त्यो भने भ्रमण पश्चात थाहा हुनेछ ।