खेलकुद

फेडेररले रचे नयाँ किर्तिमान

एजेन्सी । विम्बल्डन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा क्रोएशियाका मार्लिन किलिकलाई हराउँदै स्विजरल्याण्डका फेडेररले कीर्तिमानी आठौपटक विम्बल्डनको उपाधि जितेका हुन् ।

१९ औं ग्राण्डस्लाम उपाधि जित्ने क्रममा फेडेररले किलिकलाई ६–३, ६–१ र ६–४ को सोझो सेटमा निराश पारे । यो वर्षका तीनमध्ये दुई ग्राण्डस्लाम उपाधि जितसंगै फेडेरर सवैभन्दा धेरैपटक विम्बल्डनको उपाधि जित्ने पुरुष खेलाडी पनि बनेका छन् ।

यसअघि यो कीर्तिमान पिट साम्प्रास र विलियम रेन्सको नाममा थियो ।