अन्तर्राष्ट्रिय

भेनेजुएलामा अवैधानिक जनमत संग्रह

एजेन्सी । भेनेजुएलाका मतदाताहरु संविधान पुनर्लेखनका लागि संविधानसभा गठन गर्ने सरकारको प्रस्तावमाथिको ुअवैधानिकु जनमत संग्रहमा सहभागी भइरहेका छन्।

विपक्षीहरुको आह्वानमा राष्ट्रपति निकोलस मदुरोको सरकारले गरेको उक्त प्रस्तावमाथि मतदान भइरहेको छ। सेतो पोसाक लगाएका विपक्षी स्वयंसेवकले २,००० स्थानमा मतदानको व्यवस्था गरेका छन्।

प्रस्तावित संविधानसभाका आलोचकहरुले त्यसले निरंकुशता निम्त्याउने बताउने गरेका छन्।