खेलकुद

स्पेनकी मुगुरुजाले जितिन् टेनिसको उपाधि

एजेन्सी । स्पेनकी गार्विन मुगुरुजाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । ५ पटककी विजेता भेनस विलियम्सलाई फाइनलमा ७–५ र ६–० को सोझो सेटमा हराउँदै २३ बर्षकी मुगुरुजाले पहिलोपटक विम्बल्डनको उपाधि जितेकी हुन् ।

पराजयसंगै भेनसले विम्बल्डन जित्ने सवैभन्दा बढी उमेरकी खेलाडी हुने मौका पनि गुमाएकी छन् । यससँगै मुगुरुजा विलियम्स दिदीबहिनीलाई हराउने पहिलो महिला खेलाडी पनि भएकी छन् ।

उनले सन् २०१६ को फ्रेन्च ओपनमा सेरेना विलियम्सलाई हराएर फ्रेन्च ओपन जितेकी थिइन् ।