अन्तर्राष्ट्रिय

दिवंगत नोबेल शान्ति पुरस्कार बिजेता शिआबोको यसरी गरियो अन्तिम संस्कार

एजेन्सी । दिवंगत चिनियाँ अभियानकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता ल्यो शिआबोको एउटा निजी समारोहमाझ उत्तर-पूर्वी शहर शन्याङमा अन्तिम संस्कार गरिएको छ। पछि ल्यो शिआबोको अस्तु समुद्रमा सेलाइएको उनका दाइले बताएका छन्।

राजनीतिक परिवर्तनको माग गरेका कारण ११ वर्षे जेल सजाय काटिरहेका ल्यो शिआबोको उपचारका क्रममा गत बिहीबार निधन भएको थियो।

उनी चिनियाँ सरकारप्रति असन्तुष्टि राख्नेमध्येका एक थिए। ल्यो शिआबोकी विधवा ल्यो शिया सन् २०१० देखि आफ्नै घरमा नजरबन्दमा छिन्।