समाचार

डिआईजी र एआईजीमा यसरी भयो ब्यापक बढुवा, सर्बेन्द्र खनाल हुने भए भावी आईजीपी (विस्तृत)

काठमाण्डौ । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले ११ जनालाई एआईजीमा र १५ जनालाई डिआआईजीमा बढुवा गरेको छ । आईजीपीका दाबेदार एआईजीमा जयबहादुर चन्द, बमबहादुर भण्डारी एक नम्बरमा परेका छन् ।

यस्तैगरी एआईजीमा बढुवा हुनेहरुमा केशरीराज घिमिरे, माधव प्रसाद जोशी, मिगंमार लामा, पशुपती उपाध्याय, रणबहादुर चन्द, देवेन्द्र सुबेदी, विजयकुमार भट्ट, विजयलाल कायस्थ, कमलसिंह बम रहेका छन् । मिगंमार लामा ट्राफिक प्रहरी प्रमुख रहनेछन् भने जयबहादुर चन्दलाई लागू औषध ब्यूरोमा सिफारिस गरिएको छ । हाल कायम रहेको महानगरीय प्रहरी प्रभाग प्रमुखमा बमबहादुर भण्डारी नै रहनेगरी सिफारिस गरिएको छ ।

डिआर्इजी नवराज सिलवाललाई भने आईजीपी बनिपाउ भनेर सर्बोच्च अदालतमा मुद्धा बिचाराधिन भएकोले बढुवा नगरिएका गृहमन्त्रालय उच्च स्रोतले बतायो ।

यस्तैगरि १५ जना एसएसपीहरुलाई डीआईजीमा बढुवा गरिएको छ । सर्बेन्द्र खनाल,रमेश खरेल,पुस्कर कार्की, उत्तम कुमार कार्की, भोग बहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञान बिक्रम शाह, ठुले राइ, शरद चन्द, धीरु बस्न्यात, पुष्पचन्द्र रंजित, सुरेशबिक्रम शाह उक्त रिक्त रहेको बढुवा सूचीमा परेका छन् । डीआईजी बढुवामा सवेन्द्र खनाललाई नम्बर एक र रमेश खरेललाई नम्बर दुईमा पारिएको छ । नम्बर १ र नम्बर २ मा भएपछि सर्बेन्द्र खनाल आईजीपीका लागी प्रवल दाबेदार देखिएका छन् ।