अन्तर्राष्ट्रिय

फ्रान्समा यसरी गरियो प्रथम विश्वयुद्धको सम्झना

एजेन्सी । अमेरिकी राष्ट्रपति प्रमुख अतिथि रहेको बास्टिल डेको परेडमा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिका र फ्रान्सको मित्रताको प्रशंसा गरेका छन्। अमेरिका प्रथम विश्वयुद्धमा होमिएको एक सय वर्ष पुगेको दिनको सम्झनामा सो परेड आयोजना गरिएको थियो।

फ्रान्स र अमेरिकाका सैनिकहरु शँजेलीजेमा सँगै हिँडीरहेका सो परेडमा केही अमेरिकी सैनिकले सन् १९१७ को सैनिक पोशाक लगाएका थिए।

परेडमा घोडा, विमान, र हेलिकप्टरहरु पनि समावेश गरिएका थिए र ट्रम्पले सबै कार्यक्रममा ताली पिटेर स्वागत गरिरहेका थिए भने सैनिक जीपमा उभिएका फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोंले सेनाको निरीक्षण गरेका थिए।