राजनीति

राप्रपाको लज्जास्पद निर्बाचन हारपछि यसरी पर्दैछन् कमल थापा लोकेन्द्र बहादुर र पशुपतिको चेपुवामा

काठमाण्डौ । राप्रपा पुनः फुटको संघारमा पुगेको छ । पार्टी अध्यक्ष कमल थापाले बरिष्ठ नेता पशुपति शम्सेर राणालाई नसोधी ४२ जना केन्दीय सदस्य मनोनित गरेपछि उक्त पार्टी पुनः फुटको संघारमा पुगेको हो ।

राप्रपा र राप्रपा नेपाल मिलेर नया राप्रपा बनेपछि अध्यक्ष थापासंग असन्तुष्ट रहेर अर्थविद समेत रहेका प्रकाशचन्द्र लोहनीले एकिकृत राष्ट्रबादी पार्टी गठन गरेका छन् भने पशुपति शम्शेर राणाले आफूलाई थाहै नदिई मनोनीतच गरेका ४२ जना केन्द्रीय सदस्य फिर्ता नलिए विष्पोट हुने चेतावनी दिएका छन् ।
पशुपति शम्सेर राण निकट श्रोतका अनुसार पार्टी एकीकरणदेखि नै थापा र राणबीचमा खट्पट थियो तर थापाले एकलौटी गर्न थालेपछि राणा चुप लागेर नबस्ने र आवश्यक परे अर्को पार्टी गठन गर्ने सम्ममा पुगेको बताएका छन् ।
उसो त राणाले पार्टीमा एकलौटी गर्ने कमल थापाको राप्रपा पेवा नभएको मिडियामा समेत बताईसकेका छन् ।
लोकेन्द्र बहादुर चन्द पूर्व प्रधनमनत्री र बरिष्ठ नेता भएपनि उनलाई समेत कमल थापाले गन्न छाडेकोले रुष्ट रहेको ती नेताको दावी छ । स्थानीय तहको पहिलो र दास्रो चरणको निर्बाचनमा राप्रपाले लज्जास्पद हार ब्यहर्नुमा कमल थापाको जिम्मेवारी भएको र उनले राजीनामा दिनुपर्ने आवाज समेत आईरहेको बताईएको छ ।
दास्रो संबिधानसभामा समानुपातीकमा २५ सीट हात पारेको राप्रपा नेपाल र प्रत्यक्ष र समानुपातिक गरेर १२ सीट हात पारेको राप्रपा स्थानीय तहको निर्बाचनमा लज्जास्पद हार ब्यहोरेको आँकलन राप्रपा बृतमा छलफल हुने गरेको छ ।

अर्को पक्ष के छ भने अध्यक्ष कमल थापाले आफू सरकारमा जान केपी ओलाी, वा शेरबहादुर देउवासंग पार्टीको सिद्धान्तलाई नै दाउमा राखेर सम्झौता गर्ने गरेको आरोप समेत लगाईएको छ ।