विचार/ब्लग

यो हो स्थानीय निर्वाचनले नेपाली कांग्रेसलाई दिएको अबको म्यान्डेट, लाखौं जनताले बुझ्नैपर्ने महत्वपूर्ण सुझाव !

२०७० मा सम्पन्न संबिधान सभाको निर्वाचनमा पार्टीलाई एक नम्बर बनाएर तत्कालीन सभापती सुशील कोइरालाले छोडेको ४ वर्ष बित्न नपाउँदै काँग्रेस स्थानीय निर्वाचनमा भने दोस्रो स्थानमा झरेको छ । भलै स्थानीय निर्वाचनमा यस अघि पनि काँग्रेस तुलनात्मक रुपमा कमजोर रहेको भएपनि अहिलेको माहोल र अहिलेको परिस्थितीमा प्रदेश नंप ७ मा नै किन काँग्रेस पछि पर्यो ? यो समीक्षा गर्नैपर्ने विषय बनेको छ ।

-दीपेन्द्र बस्नेत

स्थानीय तहको दोस्रो चरण अन्तर्गत् केही दिन अघि सम्पन्न प्रदेश नम्बर ७ को नतिजा अनुसार काँग्रेस दोस्रो नम्बरमा झरेको छ । आश गरिएकै र पार्टीले महत्वपूर्ण ठानेकै स्थानहरुमा काँग्रेसको शाख गिरेको स्थितिले लोकतान्त्रिक ब्यबस्थाको मुलधारको पार्टी काँग्रेसले जनताको बिश्वास गुमाएकै हो त ? भन्ने आशंका पनि गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाबाट पराजय भोग्न सुरु गरेको काँग्रेस प्रदेश नम्बर ७ का ८८ वटा स्थानीय तह मध्य ३८ वटा तहमा मात्रै विजयी भयो ।

जीत स्वभाविक ठानिएका स्थानहरुमा यसपाली काँग्रेस कमजोर देखिएको छ । काँग्रेसका निम्ती महत्त्वपूर्ण मानिएका राजनैतिक आधारक्षेत्र काँग्रेसले गुमाएको छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका काँग्रेस नेताहरुको जिल्ला र क्षेत्रका स्थानीय तहमा पार्टीको अबस्था कमजोर देखिएको छ । प्रदेश नम्बर नम्बर ७ का चर्चित नेताहरुकै क्षेत्रमा काँग्रेसले पराजय भोगेको छ । पार्टी पुर्व मन्त्री तथा केन्द्रिय सदस्यद्वय एनपी साउद र रमेश लेखकका महत्त्वपूर्ण आधार क्षेत्रहरु काँग्रेसले गुमाएको छ ।

त्यसैगरी कञ्चनपुरको बेलौरी, पुनर्बास, भिमदत्त,कृष्णपुर,कैलालीको गोदावरी र टिकापुर लगायतका क्षेत्रहरु काँग्रेसले गुमाएको छ । जित्ने सम्भावना हुँदाहुँदै कतिपय स्थानीय तहमा जीतको नजिकै पुगेर हारको सामना गर्नुपरेको छ । ०७०को संबिधान सभामा बिजयी हात पारेकै आधार क्षेत्रहरुमा काँग्रेसको पराजय किन र कसरी भयो यतिबेला बहस देशैभर चुलिएको छ । आज कार्यकर्ता र जनताले किन काँग्रेसको बिकल्प खोज्दैछन रु यस बिषयमा बहस केन्द्रित हुनुपर्ने हो । तर त्यसो हुन सकेन ।

केवल घात अन्तर्घातका मुद्दा चर्का भइरहेका छन् । यसले काँग्रेसलाई निकास होइन मतान्तर बढाउन सक्छ । आज मुलुकमा काँग्रेस कमजोर हुनुमा उल्लेख्य भुमिका निर्वाह गर्ने कारण को पहिचान गर्न नसके अहिले केहिले भन्ने गरेको पार्टी शुद्धीकरणको मुद्दा केवल बकवास हुन सक्छ ।
आफ्ना मतदाताको चाहना अनुरुप आफुलाई परिवर्तन गर्न नसक्नु काँग्रेसको एउटा कमजोरी हो । परम्परावादी तरिकाकै भरमा चुनावी मैदानमा उत्रनु काँग्रेसको कमजोरी हो । बिना चुनावी रणनीति चुनावमा होमिएको काँग्रेसले दुई महिना अघि देखिनै चुनावी तयारी पूरा गरेका एमाले माओवादीसँग प्रतिस्पर्धा गर्नुपर्ने काँग्रेसले आफूलाई परिवर्तन गर्न नसक्नुका कारण काँग्रेस पराजीत हुन पुगेको हो । बुवा र बाजे काँग्रेस भएकै भरमा अहिलेको पुस्ताले काँग्रेसलाई भोट हाल्न सक्दैन ।

उसका आबश्यकता र मुद्दा काँग्रेसले उठान गरेको छ कि छैन उ जान्न चाहन्छ । केवल बिपी,केपी, गणेशमान, सुवर्णको नामकै कारणले अहिलेको युवाले भोट नदिन पनि सक्छ । तसर्थ भर्खरै बैसमा टेक्दै गरेका तन्नेरीको रुचि,भावना, मर्म र आबश्यकता अनुरुपको नीति ,योजना र कार्यक्रम ल्याउन नसक्नु पनि एउटा समस्या काँग्रेसँग थियो ।

काँग्रेसले ती तन्नेरीहरुलार्इ वीपीको नीति रटाउन मात्रै खोज्यो बुझाउन खोजेन । अर्को मतदाता जनताले प्रत्येक्ष लाभ अर्थात सर्भिस डेलिभरी चाहन्छ गरिबीको रेखामुनि रहेका जनता मुलुकको दरिलो आर्थिक नीति र अर्थतन्त्रको परिभाषा होइन् दैनिक जीवनमा भोगिरहेको महंगीबाट मुक्ति र जीबिकोपार्जनमा सहजताको जोहो सरकारले गरि देओस भन्ने चाहान्छ । तर बिडम्बना जब जब काँग्रेस सरकारमा रह्यो उसले आफ्नो समाजवादी सिद्धान्त अनुरुपको कार्यक्रम सञ्चालन र लागू गर्न सकेन ।

काँग्रेसका संस्थापक बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता,प्रजातन्त्र, लोकतन्त्र र समाजवाद मध्य पछिल्लो समयमा काँग्रेसले केवल लोकतन्त्र लाई मात्र महत्त्व दियो । राष्ट्रियता र समाजवाद ओझेलमा परे फलत गरिब निमुखा जनताको नजरमा काँग्रेस पुँजीवादी अर्थमा परिभाषित हुँदै गयो ।

समाजवादको नीति मार्फत समतामूलक समाजको परिकल्पना गरेको बिपीको सपनाले पछिल्लो समयमा निम्न वर्गको समुदायलाई छुन सकेन । ०४८ को आम निर्वाचन पश्चात् गठित काँग्रेस सरकारले ल्याएको गरिब संग बिशेश्वर कार्यक्रम लाई प्रभावकारी रुपले सञ्चालन नगरिएपछि जनताले काँग्रेसको बिकल्प खोज्न थाले ।

समाजवादी अर्थका सामाजिक सुरक्षा अन्तर्गतका सरकारी नीति र कार्यक्रम ल्याउन काँग्रेस सरकारले देखाएको अस्पष्टता बाट जनताको मोह काँग्रेसबाट भंग भएको हो । काँग्रेस सरकारका पालामा भएका राष्ट्रको दह्रो अर्थतन्त्रको परिभाषा नबुझेका जनतालाई प्रत्यक्ष लाभका कार्यक्रम जनस्तरमा पुर्यारउन नसक्नु र काँग्रेसले गरेका महत्वपूर्ण राष्ट्रिय महत्वका योजना र परियोजनाले देशलाई दिएको र दिने लाभका बारेमा जनतालाई बुझाउन नसक्नु काँग्रेसको अर्को कमजोरी रह्यो ।

भुमी सुधार,कमैया,हलिया मुक्ति जस्ता काँग्रेस सरकारका पालामा केही महत्त्वपूर्ण समाजवादी कार्यक्रम र घोषणा गरिए तर यस्ता घोषणा र कार्यक्रमहरुको यथेष्ट लाभ लिन नसक्नु पनि काँग्रेसको कमजोरी रह्यो । यी सवालहरुका संगसंगै ७ नम्बर प्रदेशमा टिकट हत्याउन देखिएको हानथापबाट पनि काँग्रेस शिथिल बनेको हो । अझ पार्टीमा देखिएको गुटबन्दीले काँग्रेसलाई दरिलो हुनै दिएन । पार्टी सभापति देउवा पश्चात् काँग्रेसको नेतृत्व हत्याउने होडमा रहेका एनपी साँवद र रमेश लेखकले टिकट बितरणमा गरेको प्रत्येक्ष हस्तक्षेपले काँग्रेसको संगठन कमजोर बनाएको स्थिती हो ।

चुनावी मैदानमा होमिदा र पुर्व काँग्रेसले सरकारमा बस्दा गरेका बिकास निर्माणका कार्य र योजनाहरुको बारे जनतालाई बुझाउन,देखाउन र प्रचार गर्न नसक्नु पनि काँग्रेसको कमजोरी हो। कञ्चनपुरको हकमा भन्दा काँग्रेसका प्रत्येक्ष तर्फका ४ जना र समानुपातिक २ जना गरी ६ जना सांसद रहेको जिल्लामा काँग्रेसले केही गरेको देखिएन जुन पार्टीको १ जना समानुपातिक कोटाको साँसद छ त्यसले गरेको धेरै देखियो । यो जम्मै काँग्रेस पार्टी र उम्मेदवारले आफ्ना सांसदले गरेका बिकासका योजना र कार्यक्रमका बारेमा जनतालाई बताएनन । तसर्थ काँग्रेसले केही नगरेको जनताले बुझे ।

आफ्ना क्षेत्रहरुमा पार्टीका उम्मेदवारलाई जिताउन नेताहरुको सामुहिक पहल नपाएका काँग्रेसका उम्मेदवारहरु संगठानिक र रणनीतिकरुपमा दरिलो भएर चुनावमा होमिएको एमाले संग अधिकाँश तहमा काँग्रेस कमजोर भएको हो । यसका संगसंगै समयमा टिकट दिन नसक्नु काँग्रेसको अर्को कमजोरी हो ।

प्रयाप्त प्रचारप्रसार र टिकट बितरणको बिषयलाई लिएर असन्तुष्ट देखिएका नेता कार्यकर्ताहरुलाई फकाउन नभ्याउनु र प्रयत्न हुन नसकेकै कारण पनि काँग्रेस उम्मेदवार हरुले पराजित हुन परेको हो । यो संगै टिकट पाएका हरुले असन्तुष्ट पक्षका नेता कार्यकर्ताको सहयोग समर्थन जुटाउन प्रयत्न गर्न नसक्नुले पनि काँग्रेस निर्वाचनमा कमजोर देखिएको हो । काँग्रेसको सम्पन्न १३ औं महाधिवेशनमा देखिएको गुटबन्दीको अन्त्य नभई सकेको अबस्था बिद्यमान हुदाहुदै चुनावमा होमिनु पर्ने बाध्यताका कारण काँग्रेस कमजोर देखिएको हो ।

महाधिवेशन ताका पार्टीमा देखिएका धार,खेमा र गुट नमेटिइ रहि रहनु काँग्रेसको निरिह देखिनुको अर्को पक्ष हो । पार्टी संगठनमा गम्भीर असर पार्ने बिग्रहका जडहरुको ब्यबस्थापनमा गाउँ, नगर,जिल्ला र केन्द्रका नेताहरुले पहल नगरिँदा जनताको आश काँग्रेससँग हुँदाहुँदै पनि काँगेसको बिकल्प खोज्न जनता आतुर बने ।

भर्खरै सम्पन्न प्रदेश नम्बर ७ को स्थानीय तहको निर्वाचनमा जनताको म्याण्डेट हो काँग्रेस तिमी अब आफुलाई सच्याउ, काँग्रेस पार्टी र नेताहरुलाई स्थानीय निर्वाचन मार्फत जनताले सच्याउन सन्देश दिएका छन् । यसलाई अबसरका रुपमा लिई आगामी रणनीति निर्माणमा जुटे भबिश्यमा काँग्रेसका निम्ति बलियो आधार बनाउन अभिप्रेरित गर्ने निश्चित छ । (लेखक नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था प्रश यूनियनसंग आबद्ध छन् )