मनोरञ्जन

यी हुन् ‘विकिनी’ लगाएर संसारकै सबैभन्दा पहिलो विश्व सुन्दरी बन्न सफल युवती !

एजेन्सी । पहिलो विश्व सुन्दरी प्रतिस्पर्धा सन् १९५१ जुलाई २९ मा युकेको राजधानी लन्डनस्थित ‘लाइसियम बलरुममा’ भएको थियो । त्यो प्रतियोगिता कहिल्यै नदोहोरिने घटनामा आधारित थियो, जुन ब्रिटेनको चाडप्रति गाँसिएको थियो । जम्मा २६ जना प्रतिपक्षीहरुले विश्व सुन्दरीको उद्घाटनमा प्रतिस्पर्धा गर्ने मौका पाएका थिए ।

उनीहरुमध्ये ‘स्विडेन’ कि प्रतिपक्षी मोडल किकि हाकान्सन्ले विश्व सुन्दरी प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् ।

त्यसबेला उनले प्रारम्भमा २ पिस ‘विकिनी’ लगाएकी थिइन् । यो प्रतियोगितामा विश्व सुन्दरीको प्रथम ताज पहिरिने उनीमात्र एक विश्वसुन्दरी हुन पुगिन् । उनलाई ४ सय ७५ दिनको लागि अनुशाासनमा राखिएको थियो र त्यो ‘मिस वल्र्ड’को इतिहासकै सबैभन्दा लामो समय हो ।

केही धार्मिक परम्परा भएका देशहरुबाट चेतावनी र आलोचना भएपछि सन् १९५२ देखि विकिनीको प्रयोग प्रतिबन्धित भयो । उनी मात्र एक मिस वल्र्ड हुन्, जसले प्रतिस्पर्धामा विकिनीको प्रयोग गरेको थिइन् । उनको सन १९२९ मा जन्म भएर ८२ वर्षको उमेरमा सन् २०११ मा स्वर्गरोहण भएको थियो ।