अन्तर्राष्ट्रिय

दार्जिलिङमा खाद्यान्नको अभाव

एजेन्सी । छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर आम हड्ताल गरिएका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका नेपाली भाषी गोर्खालीहरुले खाद्यान्न अभावको मार खेप्नु परिरहेको छ ।

त्यहाँ खाद्यान्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपालका सीमावर्ती बजारहरुबाट उनीहरुले दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन् । नेपालका सीमावर्ती क्षेत्रमा आएर त्यस्ता वस्तु किन्न आउने दार्जीलिङका वासिन्दाको संख्या दिनहुँ बढिरहेको छ ।

गोर्खाल्याण्डको माग राखेर दार्जीलिङमा गरिएको आम हड्ताल बिहीबार २९ औं दिन पुगेको छ ।