समाचार

कानुनको अधीनमा रहेर समाचार सम्प्रेषण गर्न प्रधानन्यायधीशको  आग्रह

काठमाडौँ । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले समाजमा रहेका विकृति विसङ्गतिलाई चिरेर सत्यतथ्य सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै, पराजुलीले जनताको सुसूचित हुने अधिकार सञ्चारमाध्यमले पूरा गर्नुपर्ने र त्यो संविधान र कानुनको अधीनमा रही राष्ट्र र राष्ट्रियतालाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिए । उनले भने, “लोभ, लालच, मोह, अशुभबाट बचेर काम गर्नुहोस् ।”
सो अवसरमा नेपाली काँग्रेसका नेता डा रामशरण महतले अहिलेको समय प्रविधिको भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर जनतामाझ चाँडो सूचना पु¥याउन अनलाइनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गन के मात्र देशको विकास हुन्छ, राजनीतिलाई सफा गर्ने जिम्मा सञ्चारकर्मीको काँधमा आएको छ भनेका छन्।
नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले अनलाइनले पाठक बढाउन मात्र नलागी राष्ट्रियतालाई ध्यानमा राखेर सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।
‘घटना र विचार डटकम’का प्रधानसम्पादक देवप्रकाश त्रिपाठीले राष्ट्रलाई केन्द्रबिन्दुमा राख निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न अनलाइन लाग्ने बताए ।  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, राप्रपाका नेता राजेन्द्र लिङ्देन, राजपाकी नेत्री चन्दा चौधरीलगायतले देशलाई आर्थिक विकासमा लैजान अनलाइनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

विसं २०५१ मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको ‘घटना र विचार’ साप्ताहिक पत्रिकाले समाजमा भएका घटना र विचारलाई खरो रुपमा प्रस्तुत गर्दै आएको घटना र विचार डटकमका सम्पादक बबिता बस्नेतले बताईन् ।