आर्थिक

“बचतकर्ता सामुहिक दुर्घटना अन्तर्गत बीमा रकम भुक्तानी ”

काठमाडौं । सनराईज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा रु. ५ लाखमा नवढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यबस्था रहेको छ ।

यस बैंकका निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापा जिल्ला, बिर्तामोड न.पा. वडा न ६ वस्ने श्री हरि तिम्सिनाको सडक दुर्घटनामा परि निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा यस बैंकको सुरुङ्गा शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु. ५,००,००० ।– बराबरको रकम हस्तान्तरण गरेको छ ।

उक्त रकम बराबरको चेक बैंकका सुरुङ्गा शाखाका शाखा प्रबन्धक प्रमोद कुमार दासले मृतकको हकवाला श्रीमती रीता पौडेललाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।