अन्तर्राष्ट्रिय

पूर्व राष्ट्रपति भ्रष्टाचार मुद्दामा दोषी ठहर

एजेन्सी । ब्रजिलको एक अदालतले पूर्व राष्ट्रपति लुइस इनासिओ लुला डा.सिल्भाले घुसको रुपमा समुद्र तटमा दश लाख डलरभन्दा बढी मूल्य पर्ने एक अपार्टमेन्ट लिएको अभियोगमा दोषी पाइएका छन् । उनलाई सो अभियोगमा दोषी ठहराइए पनि उनका वकिलले कैद सजायविरुद्ध पुनरावेदन गरिने बताए।

कानुनी प्रक्रिया नटुंगिएसम्म उनले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा भाग लिन पाउनेछन्। लुलाको दलका एक नेता कार्लोस जराटीनीले अदालतको निर्णय राजनीतिक प्रकृतिको भएको बताए।

उनले भने, न्यायाधीशको निर्णय एक व्यापारीको बयानमा आधारित छ। यो निर्णय लुलालाई सन् २०१८को राष्ट्रपतीय चुनावमा भाग लिन नदिने हिसाबले गरिएको हाम्रो ठहर छ। संवाददाताहरु भन्छन् अदालतको फैसला लुलाका लागि ठूलो धक्काको रुपमा आएको छ।