राजनीति

घरबाटै लगेको कुर्सीमा बसेर कार्यालयमा काम गर्छन् यी मेयर !

कञ्चनपुर । जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् । स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् ।

ु१० बर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ बर्षे कार्याकाल पनि यसैमा विताउँछुु, उनले मंगलबार सञ्चारकर्मीमाझ भने, ( ुम सामान्य जनताको छोरो उनीहरु सरह नै बस्न चाहान्छु ।ु आफुलाई कुर्सी मोह भन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए ।