पु.समाचार

रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्म कैदको फैसला

काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले १४ वर्षअघि घटेको रानीबारी हत्याकाण्डका दुई अभियुक्तहरुलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । अदातलको बुधबारको फैसलाले सो निर्णय गरेको हो ।  सर्वस्वसहित जन्मकैद पाउनेमा रानीबारी हत्याकाण्डका आरोपी मनराज गुरुङ र उमेश चौहान रहेका छन् ।

रानीबारी हत्याकाण्ड २०५९ साल असार ३१ गते भएको थियो । सो घटनामा इन्जिनियर दम्पत्ति हेमबहादुर श्रेष्ठ र उनकी श्रीमती अञ्जली श्रेष्ठ मारिएका थिए ।
घरबेटी गीता खड्काको हत्या गर्ने योजनामा उनको रानीबारी निवास पुगेका अपराधीहरुले इन्जिनियर दम्पतीमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप प्रहरीले लगाएको छ ।

घटनामा इन्जियनियर दम्पत्तिकी छोरी समेत घाइते भएकी थिइन् । उनी भने बाँच्न सफल भइन । अपराधीहरुले हत्या योजना बनाएकी गीता खड्का भने मेनपावर व्यावसायी हुन् । उनी अहिले विदेशीएकी छन् ।