पु.समाचार

राहत पाउनुअघि नै द्वन्द्वपीडितको निधन

रसुवा । राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ । जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको बताइएको छ ।

देश द्वन्द्वको समयमा तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएको बेला अचानक ज्वरो आई अस्पताल पु¥याइएको बताइएको छ ।

सोमबार आवेदन बुझाएका गुरुङले मङ्गलबार आफ्नो द्वन्द्वपीडितको परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा थियो । एक्कासि निधनको खबरले आफू र आफ्नो कार्यालय परिवारलाई दुःखित तुल्याएको सहायक प्रजिअ स्मिता पौडेलले बताए ।

उपचारार्थ उनका दाजुभाइले अस्पताल पु¥याएलगत्तै स्वास्थ्य परीक्षण गर्ने क्रममै गुरुङको निधन भएको र उनको फोक्सो–कलेजोले काम गर्न छोडी अन्तिम क्षणमा भेटिएकाले बचाउन नसकिएको चिकित्सक गौतमले बताए ।

स्व। गुरुङ विपन्न परिवारका व्यक्ति भएकाले उनका आश्रित परिवारलाई आर्थिक सहयोगको व्यवस्था गर्न सरोकारवाला निकायसमक्ष स्थानीय बासिन्दाले विनम्र आग्रह गरेका छन् ।