राजनीति

संबिधान संसोधनका लागी सहमती जुटाउन यस्तो रह्यो वालुवाटारमा त्रिदलीय छलफल

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संबिधान संसोधनको लागी सहमती जुटाउन सत्तारुढ दल माओबादी र राजपासंग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफलमा राजपालाई निर्बाचनमा भाग लिने वातावरण बनाउन जसरी पनि संबिधान संसोधन गर्नुपर्ने रणनीतिमा सरकार रहेको संकेत दिएका छन् ।

पहिले भएको माओबादी केन्द्रसंगको छलफलमा राजपालाईनिर्बाचनमा भाग लिने वातावरण निर्माण गर्न सल्लाह भएको स्रोतको दावी छ । काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवाका साथमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोईराला र प्रकाशमान सिंह सहभागी थिए भने माओबादीका तर्फबाट माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका साथमा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए । छुट्टाछुट्टै भएको छलफलपछि माओबादीका नेताहरु निस्किएका थिए भने अन्तिममा मोर्चाका नेताहरु बाहिरिएका थिए ।

बैठकपछि काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्बाचनमा मोर्चाको सहभागीताका लागी सकारात्मक छलफल भएको बताएका छन् । माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेलाई पनि संबिधान संसोधनका लागी सहमती गराउने प्रयास भईरहेको र राजपा निर्बाचनमा संबिधान संसोधन पश्चात आउने विश्वासमा रहेको जिकिर गरे ।