राजनीति

गृहमन्त्री शर्माले भने ‘मैले पुरस्कार नभएर हवल्दारलाई रु १५०० धन्यबाद मात्र दिएको हुं’

काठमाण्डौ । गृहमन्त्री जनार्दन शर्माले बम टिपेर फाल्ने हवल्दारलाई १५०० रुपैयाँ दिएको भनी भएका बिरोधको खण्डन गरेका छन् । गृहभमन्त्री शर्माले आफ्नो फेसबुकबाट ध्यानाकर्षण भएको देखाउदै उक्त रकम भेटन जाँदा मन्त्रालयको पुरस्कार मात्र नभएर धन्यबाद मात्र भएके बताएक छन् ।
उनले फेसबुक अकाउण्टमा लेखेका छन्, “नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु।१५०० दियो भनी भ्रम छरेर उनको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु ।”

तर उनले अकाउण्टमा उक्त कुराहरु लेखेपछि पनि बिरोधका स्रहरु कमेन्टमा आउन छाडेका छैनन् । हवल्दारलाई असईमा बढुवा गरेर पुरस्कृथत गर्नुपर्ने माग ब्यापक भएको छ ।
हरि पराजुलीले कमेन्टमा गृहमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, “१५०० को कुरा के हो रु तपाईले दिएको भन्ने त थिएन हिजो ३ जनालाई सम्मान कार्यक्रम थियो प्रहरी अधिकारीहरुले ३ जनालाई सम्मान गरेका थिए त्यो सम्मानमा उनि पनि थिए त्यही सम्मानमा १५०० ले पुरस्कृत गरीएको भन्ने प्रचार ब्यापक छ । सत्य के हो उनलाई कसरी पुरस्कृत गर्नु हुन्छ ?”

यस्ता कमेन्ट गर्नेहरुको गृहमनत्रीले फेसबुकमा उक्त कुरा राखेको १० मिनट नहुंदै दर्जनौ भएका छन् ।