समाचार

बाढी पीडितको बिचल्ली, चिउराको भरमा गुजारा चल्दै

सप्तरी । आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डुबानमै । सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो ।

बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपडित परिवारको अवस्था फागुको जस्तै छ ।