अन्तर्राष्ट्रिय

मोसुल शहर इस्लामिक स्टेटको कब्जाबाट मुक्त

एजेन्सी । इराकी प्रधानमन्त्री हैदर अल-अबादीले मोसुल शहर तथाकथित इस्लामिक स्टेटको कब्जाबाट मुक्त भएको घोषणा गरेका छन्। त्यसका लागि उनले सेना र इराकी जनतालाई बधाई समेत दिएका छन्।

पछिल्लो संघर्षका क्रममा टिग्रिस नदी पार गरेर भाग्न खोज्ने ३० जना लडाकु मारिएको इराकी सेनाले जनाएको छ। प्राप्त विवरणहरुका अनुसार मध्य मोसुलको आकाशमा अझै धुँवाको मुस्लो देख्न सकिन्छ।