अन्तर्राष्ट्रिय

जी २० सम्मेलनमा महत्वपूर्ण सहमति

एजेन्सी । विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकहरुको समूह जी ट्वेन्टीको शिखर सम्मेलनमा जलवायु परिवर्तनलाई लिएर अमेरिका र अन्य सदस्य राष्ट्रबीच देखिएको गतिरोध अन्त्य गर्दै संयुक्त वक्तव्यमा सहमति भएको छ।

अमेरिका प्यारिस जलवायु सम्झौताबाट अलग भइसकेको छ भने अन्य जी ट्वेन्टी सदस्य मुलुक त्यसको पक्षमा नै छन्।

वक्तव्यमा अमेरिकाबाहेक सबै सदस्य मुलुकले प्यारिस जलवायु सम्झौता अपरिवर्तनीय रहेको भन्दै त्यसको कार्यान्वयन गर्न अघि बढ्न सहमति जनाएका छन्।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना केही अडानमा महत्वपूर्ण छुट हात पारेको जस्तो देखिन्छ।