पु.समाचार

प्रधानमन्त्री देउवा र प्रचण्डले राप्रपा नेताहरुसँग सहयोगको प्रस्ताव राखेपछि कमल थापाले फर्काए यस्तो जवाफ !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपालाई संविधान संशोधनमा सघाउन आग्रह गरेका छन् । राप्रपाका अध्यक्ष कमल थापा र नेता पशुपति शम्शेर राणासँग छलफल गर्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डल सो आग्रह गरेका हुन् ।

शनिबार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसँग नेताद्धय थापा र राणाले भेटवार्ता गरेका थिए । भेटवार्तामा संविधान संशोधनको विषय र राप्रपाको सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री देउवा र प्रचण्डले संविधान संशोधनका विषयमा जसरी पनि सहयोग गर्न राप्रपा नेताहहरुसँग आग्रह गरेपछि अध्यक्ष थापाले पार्टीभित्र छलफल गरेर यसको निर्णय गर्ने बचन दिनुभएको बताइएको छ ।