मनोरञ्जन

डि सिने अवार्डमा प्रियंका उत्कृष्ठ

काठमाण्डौ । यस वर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौंडामा सम्पन्न भएको छ । बिहीवार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको ‘नवौं डी सिने अवार्ड’मा ‘जात्रा’बाट नायक विपिन कार्की उत्कृष्ट नायक ठहरिए भने ‘छक्का पन्जा’बाट नायिका प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।

‘छायाँछबि क्रियशन’ले आयोजना गरेको ‘नवौं डी सिने अवार्ड’मा फिल्म ‘छक्का पन्जा’ले सर्वाधिक ११ विधामा अवार्ड उचाल्यो ।

‘छक्का पन्जा’ले उत्कृष्ट नायिकाको अवार्डसँगै उत्कृष्ट फिल्म, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायाँकारको अवार्ड उचाल्न सफल भयो ।