खेलकुद

मेक्सिकोका प्रशिक्षकमाथि प्रतिबन्ध

एजेन्सी ।  मेक्सिकोको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक आन कार्लोस ओसोरिओमाथि ६ खेलको प्रतिबन्ध लागेको छ । खेल पदाधिकारीमाथि अभद्र व्यवहार गरेको आरोपमा दोषी पाइएपछि ओसोरिओमाथि ६ खेलको प्रतिबन्ध लगाइएको विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ । यस्तै उनले ४ हजार २४ पाउण्ड स्ट्रलिङ (५ लाख ३६ हजार रुपैयाँ) जरिवाना पनि तिर्नु पर्नेछ ।

गएको आइतबारमा रुसमा फिफा कन्फेडेरेशन कपमा तेस्रो स्थानका लागि भएको खेलमा पोर्चुगलसँग पराजित भएपछि ओसोरिओले प्रतिक्रिया जनाएका थिए । मेक्सिकोका कोलम्बियन प्रशिक्षक ओसोरिओले आक्रामक रवैया देखाएको फिफाको भनाई छ ।

निर्णय तत्काल लागु हुने फिफाले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिको अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो ।