राजनीति

कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगायो, यी ९ जना नेता जाने भए सरकारमा !

काठमाण्डौ । नेपाली कांग्रसले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनमै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेका बेला नेपाली कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइसको श्रोतले जनाएको हो । यद्यपि, कांग्रेसले सरकारमा लैजान तय गरेका नेताहरुको नाम भने सार्वजनिक गरिसकेको छैन ।

श्रोतका अनुसार आन्तारिक ढंगले कांग्रेसले कुन–कुन नेतालाई सरकारमा लैजाने भन्ने निर्णय गरिसकेको जनाइएको छ । श्रोतका अनुसार कांग्रेसभित्र रामचन्द्र पौडेलको पक्षबाट रामकृष्ण यादव, सरिता प्रसाई, बलबहादुर केसी र बद्री पाण्डे सरकारमा सहभागी हुने भएका छन् । त्यस्तै देउवाले संस्थापन पक्षबाट मदन अमात्य र अमृत अर्याललाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

प्रधानमन्त्री पत्नी डा.आरजु राणाको सिफारिसमा डा.प्रकाशशरण महत पनि यो पटक मन्त्री बन्ने निश्चित जस्तै भएको श्रोतले जनाएको छ । त्यस्तै खुमबहादुर खड्काको सिफारिसमा मोहन बस्नेत पनि मन्त्री हुने निश्चित भएको छ ।

उनी सिन्धुपाल्चोकका चर्चित कांग्रेस नेता हुन् । त्यस्तै कृष्ण सिटौलाको सिफारिसमा भीमसेनदास प्रधान पनि मन्त्री बन्ने सुचीमा परेका छन् । प्रधान काठमाण्डौका स्थापित र चर्चित कांग्रेस नेता हुन् ।