समाचार

मेलम्ची आउन ढिला भएपछि अब राजधानीवासीलाई बागमतीको पानी !

काठमाण्डौ । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो ।