राजनीति

यस्तो छ बिहीबार बिहान ८ बजेसम्मको मतपरिणाम, कुन दलले कति सिट प्राप्त गरे ?

काठमाण्डौ । दोश्रो चरणको मतपरिणाम आउने क्रम जारी छ । असार १४ गते भएको तीन प्रदेशका ३३५ स्थानीय तहको मतपरिणाम अनुसार अहिलेसम्म नेकपा एमाले विजयको अग्रता लिइरहेको छ भने दोश्रोमा नेपाली कांग्रेस र तेश्रोमा माओवादी केन्द्र रहेका छन् ।  नेकपा एमालेले अहिलेसम्म १३९ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ११७ स्थानमा विजय हासिल गरेको छ ।

त्यस्तै, माओवादी केन्द्र ३७ स्थानमा विजयी भएको छ । संघीय समाजवादी फोरम ७ स्थानमा विजय हासिल गर्दै चौथो स्थानमा रहेको छ भने लोकतान्त्रिक फोरमले ६ स्थानमा विजयी हासिल गरेको छ । त्यस्तै अन्य स्वतन्त्र र साना दलहरुले ८ स्थानमा जित हासिल गरेका छन् ।
अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले अब ७ स्थानमा अग्रता लिइरहेको छ भने नेकपा एमालेले १० स्थानमा अग्रता लिइरहेको छ ।

त्यस्तै माआवादी केन्द्र र संघीय समाजवादी फोरमले १–१ स्थानमा अग्रता लिइरहेका छन् । अन्य साना दलहरुले २ स्थानमा अग्रता लिइरहेका छन् । अब २१ ओटा स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी रहेको छ ।