राजनीति

श्रीमतीले चुनाव हारेको झोकमा १९ घर जजमान बहिष्कार !

धनकुटा । श्रीमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आशोशित बनेका हुन् ।