पु.समाचार

बुटवलमा एमालेले मतान्तर बढायो

बुटवल । बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा ९एमाले०ले मतान्तरलाई बढाएको छ ।

कुल खसेको ४९ हजार ८९५ मतमध्ये अहिलेसम्म ४६ हजार ६६१ मत गणना सकिएको छ । उपमहानगरपालिकाको १९ वडामध्ये १७ वटा वडाको मतगणना सकिएको प्रमुख निर्वाचन अधिकृत भरतमणि पाण्डेले जानकारी दिए ।

प्रमुख पदमा एमालेका शिवराज सुवेदी नेपाली काँग्रेसका खेलराज पाण्डेभन्दा दुई हजार ६१ मतले अगाडि रहेका छन्। सुवेदीले २२ हजार ३५ मत प्राप्त गरेका छन् भने पाण्डेले १९ हजार ३५४ प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले भन्दा एमालेका गुमादेवी आचार्यको भन्दा १० हजार बढी मतले अगाडि रहेका छन् । आचार्यले २० हजार ४० मत ल्याएका छन् भने पोखरेलले १३ हजार ५९४ मत प्राप्त गरेका छन् ।

उपमहानगरको वडा नं १७ मा एमालेले वडाध्यक्षसहित पूरै समूह जितेको छ । एमालेले हालसम्म वडा नं १३ को एउटा वडा सदस्य र अध्यक्ष तथा वडा नं १ मा एउटा वडा सदस्यबाहेक सम्पूर्ण पदमा जित हासिल गरेको छ । रासस