पु.समाचार

ओलीको गृहजिल्ला गौरादहमा लालकिल्ला तोड्दै काँग्रेसका रोहित बने मेयर !

झापा । केपी ओलीको गृहजिल्लामात्र नभएर लालकिल्लाका रुपमा परिचित झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेसले विजयी हाँशिल गरेको छ । काँग्रेसका रोहित कुमार शाहले १०३०८ मछतसहित उक्त नगरपालिकाको मेयरमा विजयी हाँशिल गर्दै लालकिल्ला तोडेका हुन् ।

रोहिले हराएक प्रमुख प्रतिदेवन्दी एमालेका मेयर उमेर्द्वार मदन अधिकारीले ९८५४ मत प्राप्त गरेका छन् । उपमेयरमा भने १०६२० मत सहित एमालेकी गिता भेटवाल विजयी भएकी छन् । ७९११ मतसहित काँग्रेसकी सुमित्र खरेल ढुंगाना पराजित भईन् ।

मेयरमा जित नभएपछि झापा जिल्लापार्टीलाई मात्र नभएर केपी ओली निवास बालकोट नै स्तब्ध भएको समाचार स्रोतको दावी छ । नवनिर्बाचित मेयर शाह नेपाली काँग्रेस क्षेत्र नम्बर ६ झापाका सभापति समेत हुन् ।