पु.समाचार

मोरङको सुन्दरहरैंचा नगरपालिकामा कांग्रेस विजयी

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । सोमबार मध्यरातमा सम्पन्न मतगणनाअनुसार नेपाली कांग्रेसका शिव ढकाल मेयर र सोही पार्टीकी धना तामाङ उपमेयरमा विजयी भएका हुन् ।

ढकाल १६८२१ मतसहित विजयी भएका छन् भने तामाङ १५४७८ मत ल्याएर विजयी भएकी हुन् । त्यस्तै, ढकालका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केदार गुरागाइँले १५८१३ मत प्राप्त गरेका छन् भने तामाङका निकटत मप्रतिद्धन्द्धी एमालेकै बृन्दा थापा दाहालले १३०९० मत प्राप्त गरेकी छन् ।

त्यस्तै, नेकपा माओवादीका मेयरका उम्मेदवारले २८१४ मत प्राप्त गरेका छन् भने ६१७५ प्राप्त गरेका छन् ।