राजनीति

रुपन्देहीको मायादेवी गापामा मेयर-उपमेयर दुवै काँग्रेस विजयी

लुम्बिनी । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।

अध्यक्षमा ध्रुवनारायण चौधरीले दुई हजार ८१६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे यादवले दुई हजार २५२ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा तारादेवी यादवले दुई हजार २१३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मधेसी जनाधिकार फोरम लोकतान्त्रिककी राजकुमारी चौधरीले दुई हजार १६९ मत प्राप्त गरेका निर्वाचन अधिकृत रुद्र पन्थीले जानकारी दिए ।

कुल २० हजार ८८६ मतदाता रहेको सो गाउँपालिकामा १६ हजार ८९७ मत खसेको थियो । तीमध्ये करिब १५ प्रतिशत मद बदर भएको निर्वाचन अधिकृत पन्थीले बताए ।