पु.समाचार

यसरी कब्जा गर्दैछ कांग्रेसले मोरङको रंगेली नगरपालिका, कांग्रेसको भारी मतले अग्रता !

मोरङ । दोश्रो चरणको निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा मोरङको रंगेली नगरपालिकाको केहीबेर अघिको मतपरिणाम सार्वजनिक भएको छ ।  सोमबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार सो नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेद्वार मोदराज घिमिरे अघि देखिएका छन् ।

घिमिरेले ३३५५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दिलीप वगडीयाले २७५० मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका सन्तोषकुमार साहले १७५७ मत प्राप्त गरेका छन् ।

उता, मसालका उम्मेदवारले ३४४ मत प्राप्त गरेका छन् भने मसालकै उपमेयरका उम्मेद्वारले ३९६ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रका मेयर र उपमेयरका उम्मेद्वारले क्रमसः ६३८ र ५९९ मत प्राप्त गरेका छन् ।