समाचार

मतपत्र गायब पछि एक्कासी भयो मतगणना स्थगीत !

डोटी । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए ।

सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का (बाजी) ले तीन हजार ८५७ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गरेका छन् ।

नेकपा ९एमाले०की प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन्।