खेलकुद

रुसी खेलाडी परीक्षणमा सफल

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०१४ को विश्व फुटबल खेल्ने रुसी खेलाडीको अतिरिक्त डोपिङ परीक्षण गरिएको फिफाको पूर्व अधिकारीले बताएका छन् ।

फिफाको चिकित्सा विभागका पूर्व प्रमुख जिरी डिभोराकले विश्वकप पूर्व रुसी खेलाडीले प्रतिबन्ध शक्तिवर्धक औषधी प्रयोग गरे नगरेको बारेमा अतिरिक्त परीक्षण गरिएको र त्यसमा रुसी खेलाडी दोषी नपाइएको बताएका छन् ।

परीक्षण सहि रहेको र रुसी खेलाडी डोपिङमा दोषी नभेटिएको डिभोराकले बताए ।

तर फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

फुटबलसहित कम्तिमा ३० खेलका खेलाडीले रुसी सरकारको सहयोगमा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको प्रतिवेदन यसअघि नै सार्वजनिक भएको छ ।

सन् २०११ देखि २०१५ सम्ममा संकलन गरिएको एक हजार खेलाडीको नमुनाको परीक्षणको क्रममा यस्तो देखिएको म्याकलरेन प्रतिवेदनमा दाबी गरिएको छ ।

सन् २०१४ को विश्वकप फुटबलमा सहभागी भएको रुसी टिमका खेलाडी पनि यसमा सहभागी रहेको आरोप लागेको छ । फिफाले भने कुनै पनि खेलाडी डोपिङ परीक्षणमा असफल नभएको जनाएको छ ।

तर अहिले पनि आफूहरुले यस विषयमा अनुसन्धान गरिहेको फिफाको भनाई छ । रुसमा आउँदो वर्ष विश्वकप फुटबल हुँदैछ । अहिले त्यहाँ कनफेडेरेशन कप फुटबल भइरहेको छ ।