अन्तर्राष्ट्रिय

साउदी अरेवियाले कुवेतलाई जवाफ दिने तयारी

एजेन्सी । कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे कुवेतलाई सोमबारसम्ममा आफ्नो देशले जवाफ पठाउने बताएका छन्।

दशकौंयताको सबैभन्दा नराम्रो भनिएको खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आएका छन्।

समाचारमा जनाइए अनुसार कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीले कुवेती अमिरलाई दिनेछन्। यसअघि कतारी अधिकारीहरुले ती मागहरु अस्वीकार गरेका थिए।