राजनीति

कांग्रेस जिल्ला सभापतिले दिए राजीनामा

गुल्मी । स्थानीय तह निर्वाचनमा आफ्नो पराजयसंगै जिल्लामा पार्टीलाई अपेक्षित नतिजा दिलाउन नसकेको भन्दै गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले आईतबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, आफै उठ्ने निर्णय गरेर पराजित हुनु र पार्टीलाई पनि जित दिलाउन नसकेपछि पदमा बस्न उपयुक्त ठानिँनु उनले भने, जिल्ला समितिमार्फत स्वीकृतिका लागि केन्द्रमा पठाउने गरी राजीनामा दिएको छुु ।