समाचार

खुल्यो दाङका व्यापारी श्रेष्ठको हत्याको भित्री रहस्य !

दाङ । तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो ।

सोमबारको नागरिकमा लेखिएको छ, यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ बर्षीया छोरीलाई प्रयोग गरेको प्रहरीको भनाई छ ।