पु.समाचार

लौ हेर्नुहोस, मन्त्रालयमा यसरी हुन्छ विदेश भ्रमण जान कर्मचारीहरुको तँछाडमछाड !

काठमाण्डौ । वैदेशिक भ्रमणप्रति कृषि विकास मन्त्रालयका उच्च कर्मचारीक अनावश्यक लगाव भेटिएको छ । विभिन्न गैरसरकारी संस्थाले आयोजना गर्ने भ्रमणमा सहभागी हुन उच्च अधिकारीबीच नै तछाँडमछाड हुने गरेको छ ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, पछिल्लो समयमा राष्ट्रिय धान दिवसलाई अलपत्र पारेर गत बुधबार मन्त्रालयका सचिव डा.सुरोज पोखरेल र मानव संशाधन महाशाखा हेर्ने सहसचिव काशीराज दाहालसहितको टोली इटाली र स्वीट्जरल्यान्ड पुगेका छन् ।

बुधबार हिान नै मन्त्रालयको योजना महाशाखा हेर्ने सहसचिव योगेन्द्रकुमार कार्की र कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी नेतृत्वको अर्को टोली इटली पुगेको थियो ।