पु.समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य सूची

काठमाण्डौ । नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँसहित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ । इन्धनको मूल्य अन्तराष्ट्रिय भाउअनुसार समायोजन नगर्दा निगमलाई अझै मासिक ४० करोड रुपैयाँ नाफा छ ।

सोमबारको कारोबारमा लेखिएको छ, निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३० पैसा, डिजेलमा १ रुपैयाँ ५० पैसा, मट्टीतेलमा १८ रुपैयाँ नाफा छ । यस्तै निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा रहेको छ ।