राजनीति

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको काम कर्तव्य बारे मुख्य सचिव सोमलाल सुवेदीबाट कार्यालयको बारेमा जानकारी लिएका छन् । सो अवसरमा मुख्य सचिव सुबेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बारेमा सम्पूर्ण शाखाहरु एवं यस कार्यालय अन्तर्गत रहेका निकायहरुको बारेमा बुँदागत रुपमा प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए ।

कार्यालयको बारेमा जानकारी लिइसकेपछि सम्माननीय प्रधानमन्त्रीबाट निर्देशन दिँदै नेपालमा नीति नियमको कार्यान्वयनमा समस्या भएकोले त्यसलाई प्रभावकारी बनाउँदै नीति तथा कानूनको निर्माण राजनीतिले गर्ने स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्ने हो । तसर्थ कार्यान्वयनको पक्ष दरिलो र प्रभावकारी हुनुपर्यो, ऐन नियमको कार्यान्वयन एवं विकास प्रशासनमा अनुगमनको पाटो फितलो भएकोले त्यसलाई प्रभावकारी बनाउने, बजेट पर्याप्त भएपनि विकास बजेट खर्च हुन नसकेकोले त्यसलाई प्रभावकारी बनाउने कार्य गर्न निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखेर कार्य गर्ने भन्दै मुख्य सचिवज्यूलाई प्रत्येक १५ दिनमा सचिवहरुसँग विकास खर्च बारेभउयचतष्लन लिएर आफू समक्ष जानकारी गराउन निर्देशन दिएका थिए । साथै अन्तर मन्त्रालयसँग समन्वय गर्दै  सुशासन कायम गर्न निर्देशन दिएका छन् ।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीलाई उच्च मनोवलका साथ काम गरेर सरकारलाई सफल पार्न निर्देशन दिँदै आगामी दिनमा थप छलफल गर्दै दिर्घकालीन कार्य योजना सहित काम गर्न निर्देशन दिए ।