पु.समाचार

श्रीजङ्गामा काँग्रेस, याङ्वरकमा एमाले रोचक तरकाले यसरी भए विजयी

ताप्लेजुङ । श्रीजङ्गा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ भने याङ्वरक गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

श्रीजङ्गाको अध्यक्षमा काँग्रेसका टीकाराम गुरुङ दुई हजार ३७८ मत ल्याई विजयी भए उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्तबहादुर सावाले दुई हजार १४७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकी ज्ञानमाया चौहान दुई हजार १२६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलामाया तामाङले एक हजार ८३० मत प्राप्त गरे ।

श्रीजङ्गाका पाँचवटा वडाध्यक्षमा काँग्रेस, दुईवटामा माओवादी केन्द्र र एउटामा एमाले विजयी भएको छ । काँग्रेसबाट वडा नं २ को वडाध्यक्षमा लालकृष्ण चौहान, ५ मा पूर्णसिंह लिम्बु, ६ मा सुखराज लिम्बु, ७ मा नयाँनाथ तिवारी र ८ मा टसी लामा, माओवादी केन्द्रबाट वडा नं १ मा उर्मिला थेबे र ४ मा रुपदास भट्टराई तथा एमालेबाट ३ मा सन्तोष चामलिङ विजयी भएका छन् ।

यसैगरी याङ्वरक गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा केशर मेन्याङ्बो दुई हजार ५१७ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राम कङ्लिवाले दुई हजार १८१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी रनमाया गुरुङ दुई हजार ४७४ मत ल्याई विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्र न्यौपाने एक हजार ५४७ मत प्राप्त गरे ।

याङ्वरकको चारवटा वडाध्यक्षमा एमाले र दुईवटामा काँग्रेस विजयी भएको छ । एमालेबाट वडाध्यक्षमा १ मा जिवनराज खिम्दिङ, २ मा ज्ञानसाद दाहाल, ५ मा तारामान साम्सोहाङ र ६ मा दुर्गा थेबे तथा काँग्रेसबाट वडा नं ३ मा भीम वस्नेत र ४ मा चन्द्रमान खोयाहाङ विजयी भएका छन् ।